Media Network

मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना


खबरस्टोरी संवाददाता

८ बैशाख २०७९,बिहीबार

काठमाडौं । पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको नेपालमा विहीवार मेघगर्जन र चट्याङसहित केही ठाउँमा वर्षाको सम्भावना रहेको छ । 

दिउँसो देशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि मौसम सामान्यतया सफा रहने छ । 

विहीबार राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिकदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । 

महाशाखाकाअनुसार विहीबार प्रदेश–१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही ठाउँमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद