Media Network

निजी क्षेत्रका आन्तरिक उडान भर्ने वायुसेवा कम्पनीहरुले बढाए भाडादर


खबरस्टोरी संवाददाता

२१ फाल्गुन २०७८,शनिबार

काठमाडौं– इन्धनमा भएको मूल्यवृद्धिसँगै निजी क्षेत्रका क्षेत्रका वायुसेवा कम्पनीहरूले आन्तरिक उडानको भाडा बढाएका छन्। वायु सेवा कम्पनीहरुले आन्तरिक उडानमा ९० रुपैयाँदेखि ५४० रुपैयाँसम्म भाडा बढाएका हुन्।   

निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघले आन्तरिक उडानको भाडा बढाउने निर्णय गरेको हो। आइतबारदेखि लागू हुने गरी बढाइएको भाडादरअनुसार सबैभन्दा बढी  विराटनगर–नेपालगन्जका लागि ५४० रुपैयाँ बढाइएको छ। यस्तै,  सबैभन्दा कम काठमाडौ–सिमरा उडानका लागि ९० रुपैयाँ बढाइएको छ। यस्तै, काठमाडौं–धनगढीको ४४५ रुपैयाँ, काठमाडौं–सुर्खेत ३४५ रुपैयाँ, काठमाडौं–नेपालगञ्ज ३४५ रुपैयाँ र  काठमाडौं–भद्रपुर ३०० रुपैयाँ बाढा बढाइएको छ। 

काठमाडौं–पोखरा उडानको भाडादर १५५ रुपैयाँले बढाइएको संघले जनाएको छ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद