Media Network

निजी प्रयोजनका कार, जीप र भ्यानको एलसी खोल्ने कार्यलाई निरन्तरता दिन नाडाकोे आग्रह


खबरस्टोरी संवाददाता

१३ जेष्ठ २०७९,शुक्रबार

काठमाडौं । निजी प्रयोजनका कार, जीप र भ्यालको आयात प्रतीतपत्र (एलसी) खोल्ने कार्यलाई निरन्तरता दिन नेपाल अटोमोवाईल डिर्लस एशोसिएसन (नाडा) ले आग्रह गरेको छ ।

शुक्रबार नेपालमा अटोमोवाइल क्षेत्रको योगदान र यस व्यवसायमा देखा परेका समस्याहरुलाई केलाउदै नाडा प्रोस्पेक्टिभ अन करेन्ट सिनारियो अन इम्र्पोट फर प्यासेन्जर अटोमोवाईलल्स सार्वजनिक गर्दे नाडाले यस्तो आग्रह गरेको हो ।

एक खर्व भन्दा बढीको लगानी रहेको, हरेक बर्ष एक खर्व ५० अर्व भन्दा बढी राजश्वमा योगदान पु¥याउदै आएको, देशको प्रत्यक्ष रोजगारीमा प्रत्यक्ष रुपमा एक लाख र अप्रत्यक्ष रुपमा १० लाख नागरिकलाई रोजगारीको अवसर प्रदान गर्दे आयातको तुलनामा झण्डै दोब्बर राजश्व उपलब्ध गराउने अटोमोवाइल क्षेत्रलाई नजर अन्दाज गरी सरकारले नीजि प्रयोजनका कार, जीप र भ्यानलाई आउदो आषाढ मसान्तसम्मको लागि त्यसको आयातमा प्रतिवन्ध समेत लगाएको छ । 

नाडाले केही दिन अघि मात्रै नीजि प्रयोजनका कार,जिप र भ्यानको आयात खुल्ला गर्नको लागि अर्थ मन्त्रालयमा विधिवत सुझाव समेत पेश गरिसकेको छ । नाडाबाट प्रस्तुत नाडा प्रोस्पेक्टिभ अन करेन्ट सिनारियो अन इम्र्पोट फर प्यासेन्जर अटोमोवाईल्स बाट नेपालको अटोमोवाइल क्षेत्रबारे यथार्थ जानकारी प्राप्त हुने अपेक्षा समेत हामीले राखेका छौ, नाडाले भनेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद