यस अन्र्तगत इन्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महशुल दर पहिले २५ सय रुपैयाँ रहेकोमा अब १६ सय रुपैंयाँ मात्र हुने छ । त्यसैगरी २१ देखि ५० एमबीपीएसको महशुल दर पनि २३ सय रुपैंयाँबाट घटाएर १६ सय रुपैयाँमा कायम गरिएको छ । ५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथ भन्दा बढी क्षमताको महशुल क्रमशः २१ सय र १९ सय रुपैंयाँ रहेकोमा अब दुबैको महशुल दर १५ सय रुपैंयाँ कायम गरिएको छ ।
इन्ट्रानेट लिज लाइन अन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महशुल २७ सय रुपैंयाँ रहेकोमा अब २४ सय रुपैंयाँ र ११ देखि १०० एमबीपीएसको २४ सय रुपैंयाँ रहेकोमा अब २१ सय रुपैंयाँ र १०० एमबीपीएस भन्दा बढीको २१ सय रुपैंयाँ रहेकोमा अब १८ सय रुपैंयाँ मात्र कायम गरिएको टेलिकमले जानकारी दिएको छ ।
नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको जनाएको छ । यो सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधैं बराबर रहन्छ भने यो सेवा २४ सै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भईरहने जानकारी पनि टेलिकमले दिएको छ ।