Media Network

नेपालमा अर्काे न्यून चापीय प्रणालीको प्रभाव, सोमबारसम्म वर्षा र हिमपातको सम्भावना


खबरस्टोरी संवाददाता

८ माघ २०७८,शनिबार

काठमाडौं । पश्चिम नेपालबाट फेरि अर्को पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गरेको छ । 

यसअघि रहेको न्यून चापीय प्रणाली कमजोर बनेकाबेला फेरि अर्काे प्रणाली प्रवेश गरेपछि सोमवारसम्म मौसममा बदलाव आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

शनिवार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना औंल्याइएको छ भने उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनेछ । 

सोमबारसम्म सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बाँकी प्रदेशका पहाडी तथा तराई भेगका थोरै स्थानमा हल्का वर्षा हुनेछ । 

उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ । यो मौसम प्रणाली मंगलबारदेखि कमजोर हुँदै जानेछ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद