Media Network

नवीकरण नगर्दा इन्टरनेट सेवाप्रदायक कम्पनी रोयल नेटवर्कको लाइसेन्स खारेज


खबरस्टोरी संवाददाता

२७ बैशाख २०७९,मंगलवार

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायक कम्पनी रोयल नेटवर्कको अनुमतिपत्र खारेज गरेको छ । रोयल नेटवर्कले नवीकरणका लागि निवेदन नदिएको कारण लाइसेन्स खारेज भएको नियामकले जनाएको छ ।

एक सूचना जारी गर्दै प्राधिकरणले इन्टरनेट सेवा सञ्चालन गरेवापत नेपाल सरकार तथा प्राधिकरणलाई नियमानुसार बुझाउनुपर्ने रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष वापतको दस्तुर र वित्तीय विवरण अविलम्ब बुझाउन समेत भनेको छ । ‘अन्यथा उपरोक्त बाँकी बक्यौता रकम सरकारी बाँकी सरह प्रचलित कानून अनुसार असुल उपर गरिने व्यहोरा समेत यसै सूचनामार्फत जानकारी गराइन्छ,’ प्रधिकरणले भनेको छ ।

२०७४ वैशाख १५ गते इन्टरनेट सेवाप्रदायक कम्पनी रोयल नेटवर्क प्रालिले  इन्टरनेट तथा ईमेल सेवा सञ्चालनका लागि प्राधिकरणबाट अनुमतिपत्र पाएको थियो । उक्त कम्पनीको अनुमतिपत्र खारेज भएसँगै अब यस्तो लाइसेन्स रहेका कम्पनीको सङ्ख्या १३६ मा सीमित भएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद