Media Network

साइबर सेक्युरिटी सेन्टर सञ्चालन गर्ने तयारीमा सरकार


खबरस्टोरी संवाददाता

१२ बैशाख २०७९,सोमबार

काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत राष्ट्रिय साइबर सुरक्षा मनिटरिङ तथा अपरेसन सेन्टरको सिस्टम व्यवस्थापनका लागि परामर्शदाता नियुक्त गरेको छ । 

यसअघि परामर्शदाता नियुक्तिको लागि मन्त्रालयले विभिन्न चरणमा आशयपत्र माग गरेको थियो । पहिलो र दोस्रो चरणमा माग अनुसारको कम्पनी नआउँदा रोकिएको प्रक्रिया अन्ततः तेस्रो चरणमा भने सफल भएको हो ।

मन्त्रालयले तेस्रो पटक माग गरको आशयपत्रका आधारमा नेपाली कम्पनी योङ माइन्ड क्रियशन प्रालि र इमिनेन्स वेजको ज्वाइन्ट भेन्चर कम्पनी छनोट भएको हो । त्यसैका आधारमा आइतबार केन्द्र र कम्पनीबिच सम्झौता भएको छ ।

सम्झौतामा योङ माइन्ड्सका कार्यकारी निर्देशक तथा प्रोजेक्ट प्रमुख अभिजित गुप्ताले हस्ताक्षर गरेका छन् । यो सम्झौपछि राष्ट्रिय साइबर सुरक्षा मनिटरिङ तथा अपरेसन सेन्टरमा रहेको सिस्टमको मनिटरिङ तथा व्यस्थापन गरिने गुप्ताले जनाए ।

यसका साथै सेक्युरिटी इन्फरमेशन तथा इभेन्ट म्यानेजमेन्टमा देखिएको कमजोरी, चुनौती र जोखिम न्यूनीकरणको कामसमेत गर्नेछ । कम्पनीले हाल सेन्टरमा रहेको मनिटरिङ सिस्टममा सेक्युरिटी आर्केस्टेशन, अटोमेशन तथा रिस्पोन्स एसओएआर समेत सञ्चालनमा ल्याउने जनाइएको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद