Media Network

‘तालिबानद्वारा टिकटक र पब्जीमाथि प्रतिबन्ध


खबरस्टोरी संवाददाता

९ बैशाख २०७९,शुक्रबार

काठमाडौं– बीबीसीले जनाएअनुसार अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले युवाहरुलाई बिगारेको भन्दै मुलुकमा भिडियो सेयरिङ एप टिकटक पब्जी भिडियो गेममाथि प्रतिबन्धको घोषणा गरेका हुन् ।

यसअघि तालिबानले सङ्गीत, चलचित्र तथा टेलिसिरियलहरुमाथि पनि प्रतिबन्ध लगाएको थियो ।यससँगै तालिबानले टेलिभिजनमा प्रसारित हुने ‘अनैतिक सामग्री’ माथि पनि प्रतिबन्ध लगाउने जनाएको छ । 

पछिल्लो समय अफगानिस्तानमा युवायुवती तथा केटाकेटीमाझ पब्जी र टिकटक अत्यन्त लोकप्रिय बन्दै गएको खुलाइएको छ ।

यस प्रतिबन्ध कहिलेबाट लागू हुने भन्नेबारे केही जानकारी छैन ।गत वर्षको अगष्ट महिनामा सत्ता हत्याएयता तालिबानले पहिलो पटक यस्तो एपहरुमाथि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद