Media Network

ट्वीटरमा कुलमान घिसिङको नक्कली अकाउन्टमार्फत गलत चुनावी प्रचार


खबरस्टोरी संवाददाता

२९ बैशाख २०७९,बिहीबार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ट्वीटरमा नक्कली अकाउन्ट बनाई चुनावी विषयमा गलत सूचना सम्प्रेषण भइरहेको स्पष्ट परेका छन् ।

एक विज्ञप्ति जारी गर्दै घिसिङले आफ्नो नामबाट नक्कली ट्वीटर ह्यान्डल बनाई गलत सूचना सम्प्रेषण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘मेरो आधिकारिक ह्यान्डल @KMGhising रहेको र यसबाहेक मेरो नाममा अन्य कुनै ट्वीटर ह्यान्डल नभएको व्यहोरा प्रष्ट पार्दै यस्ता नक्कली ह्यान्डलबाट प्रवाहित सूचनाहरूको भ्रममा नपर्न सबैलाई आग्रह गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ ।

साथै घिसिङले निर्वाचन आचारसंहितालाई पूर्णरुपले पालना गरिरहेका एक जिम्मेवार पदाधिकारीलाई विवादमा ल्याउने यस्ता क्रियाकलाप नगर्न पनि आग्रह गरेका छन् ।   


Share:
Reaction :
ताजा समाचार
खेलकुद