Media Network

आज असार १५ः राष्ट्रिय धान दिवस मनाइँदै


खबरस्टोरी संवाददाता

१५ असार २०७९,बुधबार

काठमाडौं । आज बुधबार असार १५ गते दहि चिउरा खाने दिन तथा धान दिवसका रुपमा मनाइँदैछ । नेपाल कृषिप्रदान देश भएकाले असारको छुट्टै महत्व रहेको छ । मानो रोपेर मुरी फलाउने भएकाले नै असार १५ लाई किसानहरुले विशेष दिनका रुपमा लिने गर्दछन् । 

सदियौंदेखि नै असार १५ मा दहि चिउरा खाने र खेतमा धान रोपेर उल्लासका रुपमा मनाउने चलन रहे पनि औपचारिक रुपमा भने वि.सं २०६१ असार १५ गतेदेखि नेपालमा राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । 

कृषकहरूको मनोबल उच्च राख्दै कृषि पेसाको समस्या र मुद्धाहरु उपर चिन्तन गर्न यस दिवसको बेग्लै महत्व छ । सरकारले औपचारिक कार्यक्रम गरी १९ औं धान दिवस मनाइरहँदा किसानले भने अझै पनि रासायनिक मल नपाएर सडकमा आन्दोलन गर्नुपर्ने अवस्था परेको छ ।

असारमा खेती किसानी गर्नेहरुकै लागि थुप्रै गीतहरु गाइएका छन् । हो हो माले होहो, असारे महिनामा पानी प¥यो रुझाउने, आसारे मासमा धान रोपेझैँ खेतमा लगायतका गीतहरु नेपाली जनजिब्रोमा झुण्डिएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद