Media Network

आज महाशिवरात्रि पर्व,पशुपतिनाथमा दर्शनार्थीको घुँइचो


खबरस्टोरी संवाददाता

१७ फाल्गुन २०७८,मंगलवार

काठमाडौं– आज महाशिवरात्रि पर्व, आजको दिनमा भगवान शिवको विशेष रुपमा पुजाअर्चना गर्ने गरिन्छ ।

हिन्दु धर्मावलम्बीहरु आराध्यदेव पशुपतिनाथको दर्शनका लागि विभिन्न ठाउँबाट दर्शन गर्न आइपुगेका साधुसन्तले पशुपति क्षेत्र भरिभराउ रहेको छ।साधुसन्तहरूले समूह समूहमा रहेर धुनी जगाउने साथै प्रसाद खाने गरिरहेका छन्। पशुपतिमा शिवरात्रिको अवसरमा दर्शनका लागि आएका साधुसन्तलाई स्वर्गद्वारी आश्रमले खानाको व्यवस्था गरिएको बताइएको छ। पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारीस्वरुप झिलिमिली बनाइएको छ। शिवरात्रिका दिन मंगलबार पशुपतिनाथ मन्दिरमा दर्शन गर्न भक्तजनलाई सजिलो होस् भनि मन्दिर परिसरमा सबै व्यवस्थापन गरिएको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद