देशभर बादल लाग्ने, चट्याङसहित हल्का वर्षाको सम्भावना


खबरस्टोरी संवाददाता
३० चैत्र २०७८, बुधबार
देशभर बादल लाग्ने, चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौं । पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण बुधबार देशैभरी बादल लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

बिहान मुलुकका अधिकांश भूभागमा आंशिक बादल लागेको छ । दिउँसोतिर केही ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहने तथा प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । 

महाशाखाकाअनुसार, राति प्रदेश १ को पहाडी भूभागको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।