Media Network

आजदेखि ललितपुरका सडकमा पानीपुरी बेच्न निषेध


खबरस्टोरी संवाददाता

१२ असार २०७९,आईतवार

काठमाडौं । आजदेखि ललितपुरका सडकमा पानीपुरी बेच्न नपाइने भएको छ । महानगरले हैजा फैलिने उच्च जोखिमलाई मध्यनजर गर्दै महानगरभित्रका सडकमा पानीपुरी बेच्न रोक रोक लगाएको हो ।

महानगरका नगरप्रहरी प्रमुख सीताराम हाछेथुले पानीपुरी बेच्न नपाइने गरी माइकिङ सुरु गरिएको बताए । “पछिल्लो समय उपत्यकामा फैलिरहेको हैजालाई मध्यनजर गर्दै पानीपुरी बेच्न रोक लगाइएको हो ।

महानगरका अनुसार होटल रेस्टुरेन्टहरूमा भएको पानी सफा भए नभएअनुसार बेचबिखन गर्न दिइनेछ । हाछेथुका अनुसार बाहिर सडक ठेलागाडा, फुटपाथमा राखिएको पानीपुरीको पानी अत्यधिक फोहोर भएकाले बेच्न नदिने भनिएको हो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद