असारे भेलमा विकास खर्च, एकै दिन हतारहतार साढे १२ अर्ब खर्च


खबरस्टोरी संवाददाता
१९ असार २०७९, आईतवार
असारे भेलमा विकास खर्च, एकै दिन हतारहतार साढे १२ अर्ब खर्च
काठमाडौं । मुलुकको अर्थतन्त्र सङ्कटमा परिरहेको अवस्थामा विकासको नाममा एकै दिन हतार हतारमा १२ अर्ब ५४ करोड ७ लाखभन्दा बढी खर्च भएको छ । 

आर्थिक वर्ष सकिनै लाग्दा हतार हतारमा विकास कार्य भएको देखाउँदै एकै दिन १२ अर्बभन्दा बढी रकम खर्च गरिएको हो । बजेट निकासा भएर खर्च भएको देखाइए पनि  फिल्डमा वास्तविक रूपमा काम भए नभएको भने कुनै अनुगमन हुँदैन । 

कमिसनको चक्करमा एकै दिन अर्बौं रुपैयाँको काम देखाउँदै निकासा गर्ने गरिएको छ । कमिसनका लागि अर्थ मन्त्रालय र अन्य सरोकारवाला विकासे मन्त्रालयका उच्च अधिकारीबीच मिलेमतो हुने गरेको बताइएको छ । 

विगतका वर्षमा जस्तै यो वर्ष पनि मुलुकको विकास खर्च असारे भेलले त्यसै खेर फलिने पुरानै क्रमले निरन्तरता पाएको छ । चालु आर्थिक वर्ष २०७८÷७९का लागि सरकारले कुल ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख पूँजीगत (विकास खर्च)को लक्ष्य लिएको थियो, आजको राजधानी दैनिकले खबर छापेको छ ।