अविरल वर्षाले धनगढीको ३ नम्बर वडा डुबानमा


खबरस्टोरी संवाददाता
१६ असार २०७९, बिहीबार
अविरल वर्षाले धनगढीको ३ नम्बर वडा डुबानमा
काठमाडौँ। बुधवार राति परेकोको अविरल वर्षाको कारण कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को मित्रनगर डुबानमा परेको छ।

मंगलवार राति पानी परे पनि बुधवार दिउँसो घाम लागेको धनगढीमा बुधवार राति पुनः पानी परेपछि धनगढी-३ मा रहेको मित्रनगर र विद्युत् कार्यालय आसपासको क्षेत्र डुबानमा परेको स्थानीय बलबहादुर ऐरले जनाए। मित्रनगर आसपासका क्षेत्र डुबानमा परेपछि आवतजावतमा पनि समस्या भएको छ।