मंगलवार राति पानी परे पनि बुधवार दिउँसो घाम लागेको धनगढीमा बुधवार राति पुनः पानी परेपछि धनगढी-३ मा रहेको मित्रनगर र विद्युत् कार्यालय आसपासको क्षेत्र डुबानमा परेको स्थानीय बलबहादुर ऐरले जनाए। मित्रनगर आसपासका क्षेत्र डुबानमा परेपछि आवतजावतमा पनि समस्या भएको छ।