भोटेकोशी गाउँपालिका–२ का वडा अध्यक्ष कुमार श्रेष्ठले सडकमाथिको मेराक भन्ने स्थानबाट आएको बाढीले सडक बगाएपछि यातायातका साधान पूर्णरुपमा रोकिएको जानकारी दिए । सडक बगाएपछि पैदल यात्रा समेत पूर्णरुपमा रोकिएको छ । बिरामी, सुत्केरीलाई अस्पताल पुर्याउन समस्या भएको छ । सडक खुलाउन सडक डिभिजन कार्यालयले वास्ता नगरेकोले वडा कार्यालय र पालिकाको प्रयासमा खुलाउने कार्य गरिने उनले जानकारी दिए ।