बागमती किनारका अव्यवस्थित घर टहरा हटाउन शुरु


खबरस्टोरी संवाददाता
१३ असार २०७९, सोमबार
बागमती किनारका अव्यवस्थित घर टहरा हटाउन शुरु
काठमाडौँ। ललितपुर महानगरपालिका वडा नम्बर–४ सुन्दरीघाटस्थित बागमती किनारमा रहेको घर टहरा हटाउन शुरु गरिएको छ । वडाध्यक्ष सन्तोष खड्का र ललितपुर महानगरका सुरक्षा प्रमुख सीताराम हाथेछुको नेतृत्वमा अव्यवस्थित टहरा हटाउन थालिएको हो ।

टहरा भत्काउने क्रममा सामान निकाल्न त्यहाँका स्थानीयले सात दिनको म्याद दिन भनेपछि प्रहरी टोली फर्केको हो । यसअघि वडा कार्यालयले सूचना जारी गरेर १२ दिनभित्र उक्त स्थान खाली गर्न निर्देशन दिएको थियो । सुन्दरीघाटको झोलुङगे पुलदेखि सानेपा वरपरका क्षेत्र खाली गर्न आगामी असार २६ गतेसम्म समयसीमा तोकिएको छ ।