बाघ राख्ने खोरको अभाव ले उद्धार केन्द्रमा २ बाघ


खबरस्टोरी संवाददाता
२८ जेष्ठ २०७९, शनिबार
बाघ राख्ने खोरको अभाव ले उद्धार केन्द्रमा २ बाघ
काठमाडौँ। बर्दिया राष्ट्रिय निकुञ्जको रम्मापुरको उद्धार केन्द्रमा खाता जैविकमार्गस्थित गणेश सिसनिया सामुदायिक वनबाट समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिई राखिएको छ । 

बर्दिया खाता जैविकमार्गस्थित गणेश सिसनिया सामुदायिक वनमा डार्टिङ गरी नियन्त्रणमा लिएको बाघ हो  ।

बिहीबार समातिएको बाघलाई रम्मापुरस्थित उद्धार केन्द्रमा पठाइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जनाए  । बाघ राख्ने खोरको अभाव भएपछि रम्मापुरको उद्धार केन्द्रमा हाल दुई वटा समस्याग्रस्त बाघ राखिएको छ । तीन वर्षयता बर्दिया निकुञ्जले ५ वटा समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिइसकेको छ ।

तीमध्ये एउटा बाघ करिब दुई वर्षअघि बाँके निकुञ्जमा पठाइएको थियो । कमलस खोरमा राखिएको बाघ त्यहाँबाट भागेर निकुञ्ज भित्र गएको थियो । लगत्तै बर्दिया निकुञ्जले नियन्त्रणमा लिएको अर्को बाघ ललितपुरस्थित चिडियाघरमा पठाइएको छ ।