भाँचिएको पुलको परराष्ट्र मन्त्री खड्काले अवलोकन गरे


खबरस्टोरी संवाददाता
२४ असार २०७९, शुक्रबार
भाँचिएको पुलको परराष्ट्र मन्त्री खड्काले अवलोकन गरे
काठमाडौँ। परराष्ट्र मन्त्री डा. नारायण खड्काले एक वर्षअघिको बाढीले बगाएको उदयपुरस्थित चौदण्डीगढी नगरपालिका–५ शिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पक्की पुलको अवलोकन गरेका छन् । 

निर्माण कार्य सम्पन्न भई उद्घाटन गर्ने अघिल्लो दिन आएको बाढीले पुल बगाएको थियो । उद्घाटन अघि नै  पुल भाँचिएपछि त्यस क्षेत्रका जनता नदी वारपार गर्न समस्यामा पर्दै आएका छन । 

झन्डै १२ वर्ष लगाएर निर्माण भएको पुल भत्किएपछि दैनिक सयौँको संख्यामा सोही बाटो भएर आवतजावत गर्ने स्थानीयवासीले समस्या भोग्नु परेको छ । 

उदयपुरको चौदण्डीगढी नगरपालिका– ५ शिवाई र बेल्ही जोड्ने त्रियुगा नदीको निर्माणधीन मोटरेबल पक्की पुल १९ असार २०७८ सालमा आएको बाढीले बगाएको हो ।