भालुले आक्रमण गर्दा एक पुरुष गम्भीर घाइते


खबरस्टोरी संवाददाता
२१ असार २०७९, मंगलवार
भालुले आक्रमण गर्दा एक पुरुष गम्भीर घाइते
काठमाडौँ। डोटीमा भालुको आक्रमणबाट एक जना पुरुष गम्भीर घाइते भएका छन्। पूर्वीचौकी गाउँपालिका वडा नम्बर १ खिरसैनका ५० वर्षीय नरबहादुर खड्कालाई मंगलबार बिहान घर नजिकै भालुले आक्रमण गरेको थियो। 

बिहानै पिसाब फेर्न घर बाहिर निस्किने क्रममा भालुले आक्रमण गरेको परिवार स्रोतले जनाएको छ। भालुको आक्रमणबाट खड्काको टाउको, नाक, कानमा गहिरो चोट लागेको छ।

उनको उपचारका लागि जिल्ला अस्पताल ल्याइएको भए पनि उपचार हुन नसक्दा थप उपचारका लागि उनलाई धनगढी रेफर गरिएको छ।