जिल्लाको ठोरी, जीराभवानी, पटेर्वासुगौली गाउँपालिकालगायतका क्षेत्रमा दैनिक एकपटक पानी परेको छ । जीराभवानी गाउँपालिका वडा नम्बर २ सेढवा निवासी जगदीश चौधरीले महँगोमा बीउ खरीद गरी बीउ छरेको तर वर्षाका कारण नउम्रेकाले पुनः बीउ छरेको बताए । एक बिघा खेतमा रोपाइँका लागि छरेको बीउ पाँच कट्ठालाई पुग्ने बीउ उम्रेको बताए ।
अहिले नेपाली तथा भारतीय बजारमा बीउ खरीद गर्दा एक सय पचास रुपैयाँ प्रतिकिलोदेखि छ सय रुपैयाँसम्म रहेको छ । बीउ छर्दा पानी परेको कारण जमीनमुनिको बीउ कुहिने तथा जमीनको माथिल्लो सतह कडा भएकोले उम्रिन नसकेको किसानहरूले बताएका छन् ।