Media Network

भारतीय दूतावास भित्रै सुरक्षाकर्मीद्वारा गोली हानी हात्महत्या


खबरस्टोरी संवाददाता

२० असार २०७९,सोमबार

काठमाडौं। काठमाडौँको लैनचौरस्थित भारतीय दूतावास भित्र एक जना सुरक्षाकर्मीले आफैलाई गोली हानी हात्महत्या गरेका छन् । 

दूतावास स्रोतका अनुसार ३२ वर्षीय दिपक सिंह नाम गरेका ती भारतीय सुरक्षाकर्मीले दूतावास परिसर भित्र हात्महत्या गरेका हुन् । 

उनले आफूले बोकेको इन्सास राइफलले आफैलाई गोली हानेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । स्रोतका अनुसार उनको शव अहिले पोस्टमार्टमको लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद