भारतीय दूतावास भित्रै सुरक्षाकर्मीद्वारा गोली हानी हात्महत्या


खबरस्टोरी संवाददाता
२० असार २०७९, सोमबार
भारतीय दूतावास भित्रै  सुरक्षाकर्मीद्वारा गोली हानी हात्महत्या
काठमाडौं। काठमाडौँको लैनचौरस्थित भारतीय दूतावास भित्र एक जना सुरक्षाकर्मीले आफैलाई गोली हानी हात्महत्या गरेका छन् । 

दूतावास स्रोतका अनुसार ३२ वर्षीय दिपक सिंह नाम गरेका ती भारतीय सुरक्षाकर्मीले दूतावास परिसर भित्र हात्महत्या गरेका हुन् । 

उनले आफूले बोकेको इन्सास राइफलले आफैलाई गोली हानेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । स्रोतका अनुसार उनको शव अहिले पोस्टमार्टमको लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ ।