कम्पनीले कोभिड महामारीका कारण जारी गरिएकाे लकडाउनको समयमा आर्थिक अभावले इन्टरनेट जोड्न नसकी शैक्षिक अवसरबाट वञ्चित भएका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले यो अभियान सुरु गरेको थियो ।
यस अभियान अन्तर्गत कम्पनीले हालसम्म १५ भन्दा बढीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराइसकेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
यो अभियानको दोस्रो वर्षमा चक्रपथको सडकमा फिटकिरी, बोझो लगायतका जडिबुटी बेचेर आफ्ना चार छोराछोरी पढाउन खोजिरहेकी ‘डल्ली दिदी’, कपनमा पानीपुरी बेची आफ्नो छोरा र छोरी पढाइरहेकी ‘अमला दिदी’ लगायतका १५ विभिन्न परिवारलाई सहयोग गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले आगामी वर्षमा समेत यो अभियानलाई कायम राख्ने जनाएको छ ।