Media Network

बजेट र निर्माण सामग्रीको अभावमा निर्माणाधीन नौवटा झोलुङ्गे पुल अलपत्र


खबरस्टोरी संवाददाता

१६ फाल्गुन २०७८,सोमबार

उदयपुर । उदयपुर र खोटाङको विभिन्न खोलाहरूमा निर्माणाधिन झोलुङ्गे पुल बजेट र आवश्यक निर्माण सामग्रीहरुको अभावमा अलपत्र परेको छ । उदयपुर र खोटाङका विभिन्न खोलाहरूमा निर्माणाधीन नौवटा झोलुङ्गे पुलको निर्माण कार्य अलपत्र परेको हो । पूर्वाधार विकास कार्यालय उदयपुरका अनुसार संघीय सरकारले लागत इष्टमेटअनुसार रकम र पुल निर्माणका लागि फलामे लठ्ठाहरू समेत उपलब्ध नगराउँदा उदयपुर र खोटाङमा गरी हाल निर्माणाधीन अवस्थामा रहेका नौ वटा झोलुङ्गे पुलको निर्माण कार्य अलपत्र परेका हुन् ।

सो कार्यालयले ग्रामीण सडक निर्माणमा तीव्रता दिएको भए पनि निर्माणाधीन खोटाङ र उदयपुरका विकट पहाडी गाउँ वस्तीहरूलाई जोड्ने उद्देश्यले निर्माण गरिएको झोलुङ्गे पुल आवश्यक निर्माण सामाग्री र बजेट अभावमा अलपत्र परेको हो । विभिन्न नौवटा लामो तथा छोटो झोलुङ्गे पुलहरू समेत निर्माण गर्दै आएको पूर्वाधार विकास कार्यालय उदयपुरका प्रमुख जितेन्द्रकुमार कर्णले बताउँछन् ।

आर्थिक वर्ष २०७६र०७७ बाट क्रमागत रूपमा निर्माणको काम सुरु गरिएको बहुवर्षीय योजना अन्तर्गत उदयपुरका ६ र खोटाङका तीनवटा गरी जम्मा नौ वटा झोगुङ्गे पुलको फाउण्डेसन जगहरू निर्माण गरिएको भए पनि बाँकी कामहरू अगाडि बढ्न नसकी बीचैमा नै अलपत्र परेको प्रमुख कर्ण बताउँछन् ।

१२० मिटर लामो उदयपुरको त्रियुगा नगरपालिका(१२ को बरुवा खोला झोलुङ्गे पुल, कटारी नगरपालिका(८ को सुनकोसी नदीमा निर्माणाधीन चिपटार झोलुङ्गे पुल, चौदण्डिगढी नगरपालिका(१० स्थित विनगर खैराहाझोडा जोड्ने ४०० मिटर लामो त्रियुगा नदीको झोलुङ्गे पुल,उदयपुगढी गाउँपालिका(७ स्थित अँधेरी खोला झोलुङ्गे पुलको निर्माण कार्य अगाडि बढ्न सकेको छैन ।

यसैगरी रौतामाई गाउँपालिका(७ स्थित पुवारे धाप झोलुङ्गे पुल, त्रियुगा नगरपालिका(१२ स्थित त्रियुगा नदीको बिसनपुर झोलुङ्गे पुल, बेलका नगरपालिका(४ स्थित विज्ञानचोक रातापानी जोड्ने गिदेरी खोला झोलुङ्गे पुल निर्माणको कामले गति लिन सकेको छैन ।

त्यस्तै खोटाङको केपिलासगढी ऐंसेलुखर्क जोड्ने रावाखोला झोलुङ्गे पुल, बाराहापोखरी गाउँपालिकास्थित लवुवा खोला झोलुङ्गे पुल र हलेसी तुवाचुङस्थित थिगुवा बाडेटार जोड्ने झोलुङ्गे पुल निर्माणको काम अलपत्र हुदै आएको कार्यालयका साइड ईन्जिनियर रमेसकुमार कार्कीले बताउँछन् ।

उदयपुर र खोटाङ दुई जिल्लामा सञ्चालन गरिने भौतिक पूर्वाधारहरूको विकास निर्माणमा प्राविधिक सेवा प्रवाह गर्ने उद्देश्यले गाईघाटमा स्थापित यस कार्यालयले खोटाङ अन्तर्गतका विभिन्न झोलुङ्गे पुल तथा सोसँग सम्बन्धित् सडकहरू निर्माण गर्दै आएको छ । तर, संघीय र प्रदेश १ को सरकारले लागत इष्टमेटअनुसारको बजेट र निर्माण सामाग्रीहरु उपलब्ध नगराउँदा अघिल्लो वर्ष नै सम्पन्न भइ सक्नु पर्ने यी योजनाहरू बजेट र निर्माण सामाग्रीको अभावमा अहिलेसम्म पनि निर्माण कार्य सुचारु हुन सकेको छैन ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद