Media Network

बलात्कारीलाई सजाय माग गर्दै माइतीघरमा प्रदर्शन (फोटोफिचर)


खबरस्टोरी संवाददाता

७ जेष्ठ २०७९,शनिबार

काठमाडौँ। बलात्कारीलाई सजाय माग गर्दै माइतीघरमा महिलाले गरेको प्रदर्शन । एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि महिलाहरूले प्रदर्शन गरेका हुन् ।

‘बलात्कारी होस तँ’ भन्दै काठमाडौंको माइतीघर मण्डलामा भेला भएका युवायुवतीहरुले सो घटनामा परेकी पीडितलाई तत्काल न्याय दिन सरकारसँग माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । 



बलात्कारीलाई सजाय दे, दोषीलाई कारबाही गर, बलात्कार र यौनजन्य घटनाको तत्काल निर्णय गर्न छुट्टै अदालतको स्थापना गर, बलात्कार सम्बन्धी घटनाको न्याय निरुपणका लागि देखिएको हदम्याद खारेज गर लेखिएको प्ले कार्ड प्रदर्शन गर्दै प्रदर्शनकारीहरुले बलात्कारमा परेका पीडितलाई न्याय दिलाउने काममा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराएका छन् ।




तस्बिर : न्युज कारखाना


Share:
Reaction :
ताजा समाचार
खेलकुद