Media Network

बन्चरेडाँडामा प्रहरी परिचालन गरेर फोहोर बिसर्जन गरिदैं


खबरस्टोरी संवाददाता

२४ जेष्ठ २०७९,मंगलवार

काठमाडौँ  । काठमाण्डौं महानगरपालीकाको फोहोर व्यवस्थापन गर्ने स्थान बन्चरेडाँडामा फोहोर लिएर गएका गाडीलाई स्थानियले बाटो अवरुद्ध गरेपछि प्रहरी परिचालन गरिएको छ । 

सोमबार साँझ स्थानिय जनप्रतिनिधि र काठमाडौँ महानगरपालीका बीच फोहोर फाल्ने सहमति भएपछि फोहोर लिएर गएका गाडीहरुलाई स्थानिय वासिन्दाले ठाउँ ठाउँमा अवरोध गरेका थिए । 

स्थानियको अवरोध पश्चात् प्रहरीले केही स्थानिय वासीहरुलाई नियन्त्रणमा लिइएको र धुनिबेंसीको कुरुले क्षेत्र र नुवाकोटको बन्चरेडाँडा क्षेत्र तनावग्रस्त रहेको  थियो । केही स्थानीयवासीहरुले सोमबार सााँझ भएको सम्झौता नमान्ने भनेर अवरोध गरेपछि प्रहरी परिचालन गरिएको बताइएको छ । 

काठमाण्डौं महानगरपालीकामा मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलले यस अघि बल प्रयोग नगर्ने बताएका थिए । तर सोमबार भएको सहमति अनुसार स्थानिय वासिन्दाले फोहोर फाल्न सहमति नदिए पछि उनीहरु पनि प्रहरी परिचालन गर्ने विषयमा सहमति भएको बताइएको छ । 

हाल प्रहरीले बल प्रयोग गरेर केही स्थानियहरुलाई नियन्त्रणमा लिएपछि अवरोध हटाएर बन्चरेडाँडामा फोहोर फाल्ने तयारी गरेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद