Media Network

बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप, स्थानीयले फोहोर फाल्न दिएनन्


खबरस्टोरी संवाददाता

२४ जेष्ठ २०७९,मंगलवार

काठमाडौँ। बञ्चरेडाँडाका स्थानीयले काठमाडौंबाट लगिएका फोहोर फाल्न अवरोध गरेका छन् । काठमाडौँको फोहोर फाल्न पुगेका टिपरलाई बञ्चरेडाँडामा अवरोध गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको हो ।

सोमबार सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच भएको सहमति स्थानीयले अस्वीकार गर्दै फोहोर विसर्जनमा अवरोध गरेका हुन् । 

स्थानीय श्रीहरि ढकालको जानकारी अनुसार करिब दुई घण्टादेखि स्थानीय र प्रहरीबीच झडप जारी रहेको छ । झडपका क्रममा प्रहरीले डेढ दर्जन बढी स्थानीयलाई पक्राउसमेत गरेको ढकालले बताए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद