Media Network

बेपत्ता जहाज काेवाङमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो


खबरस्टोरी संवाददाता

१६ जेष्ठ २०७९,सोमबार

काठमाडौं । आइतबार विहान १० बजेदेखि हराइरहेको तारा एयरको जहाज काेवाङमा भेटिएको छ । 

नेपाली सेनाको टोलीले सोमवार विहान हराइरहेको तारा एयरको विमान मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका २ स्थित कोबाङमा दुर्घटनाग्रस्त भएको फेला पारेको हो । नेपाली सेनाका प्रवक्ता नारायण सिल्वालले ट्वीटरमार्फत सो कुराको जानकारी दिएका छन् ।

कुवाङ भन्ने ठाउँमा भेटियो दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सैनिक प्रवक्ता सिलवालले जानकारी दिए । 

मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका २ स्थित कोबाङ गाउँको माथि सानुसरे भन्ने स्थानमा भीरमा क्षतविच्छेद अवस्थामा भेटिएको हो । विहान सोही भीरमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद