मुख्य बजार क्षेत्रमै पानीको उचित निकास नहुँदा निर्माणाधीन सडकबाटै भेलबग्दा सडकमा जलमग्न र हिलाम्य भएको छ। उक्त क्षेत्रमा पसेको बढीले पैदलयात्रीलाई र सवारीसाधन संचालनमा समेत समस्या भएको छ।
यतिबेला कालिकानगरको मुख्य सडकमा पानी जमेको छ। अस्पताल लाइनमा पनि पानी जम्मा भएको छ। तिनाउ नदीमा पानीको सतह बढेको छ।
लामो समयदेखि चर्चाको विषय बनेको राजमार्ग चौराहा–गोलपार्क ६ लेन सडक विस्तारको काम समयमै नहुँदा यस्तो समस्या आएको हो।
सडक मर्मतमा निर्माण कम्पनीले पछिल्लो समय सक्रियता देखाउँदै सडक सम्याउने तथा कालोपत्रेको काम गरे पनि त्यसअघि नै सक्नुपर्ने नाली व्यवस्थापनको काम नगर्दा सडक वर्षाको समयमा जलमग्न भएको छ।