Media Network

बदेलको आक्रमणबाट कावासोतीमा प्रहरीसहित ५ जना घाइते


खबरस्टोरी संवाददाता

१२ असार २०७९,आईतवार

 काठमाडौँ । कावासोती बजारमा बंदेलको आक्रमणमा परी आइतबार विहान दुई प्रहरी सहित पाँच जना घाइते भएका छन् ।

घाइते हुनेमा प्रहरी सहायक हवल्दार जमुना उप्रेती र कन्सटेवल सम्झना पराजुली रहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

नजिकैको वन क्षेत्रबाट सदरमुकाम कावासोती बजारमा घुसेको बदेलले जिप्रका नजिकै ड्युटीमा रहेका प्रहरीलाई एक्कासी आक्रमण गरेको थियो ।

बदेलको आक्रमणबाट प्रहरी कन्सेवल पराजुलीको हातमा गंभीर चोट लागेको थप उपचारका लागि चितवनको भरतपुर तर्फ पठाईएको प्रहरी निरिक्षक जयराम वन्तले बताए ।

यसैगरी सोही बदलेले कावासोती २ पञ्चकन्या चोक नजिकैको मूल सडकमा जेष्ठ नागरिक योग प्रसाद रिजाल र सदानन्द जैसीलाई आक्रमण गरेको थियो । सोही बंदेलले कुमारबर्ती क्याम्पस पछाडी स्कूल नजिक बाटोमा हिड्दै गरेकी एक महिलालाई पनि आक्रमण गरेको स्थानीयले बताए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद