Media Network

बाँदरमुडे घटनाको स्मरणः १७ वर्षदेखि न्यायको पखाईमै


खबरस्टोरी संवाददाता

२३ जेष्ठ २०७९,सोमबार

काठमाडौं । २०६२ जेठ २३ गते चितवन माडीको बाँदरमुडे खोलानजिकै तत्कालिन नेकपा (माओवादी)ले एम्बुस थापेर विस्फोट गराइएको थियो । बसको छतमासमेत गरी करिब १ सय ३० जना यात्रु बोकेको बस बम विस्फोटमा परेपछि केही फिटमाथि उछिट्टिएर बजारिएको थियो ।

आजभन्दा १७ वर्षअघि तत्कालिन माओवादी गराइएको उक्त विस्फोटमा परि बालबालिकासहित ४२ जनाले ज्यान गुमाएका थिए भने ५२ जना घाइते भएका थिए । ज्यान गुमाउनेमा ३ जना नेपाली सेना थिए भने अरु सबै त्याहाँ स्थानीय सर्वसाधारण थिए ।

नेकपा माओवादी कार्यकर्ताले झण्डै ७० किलोग्राम तौलको बमको धराप थापेर ३ सय मिटर टाढाबाट रिमोट कन्ट्रोलबाट बम विष्फोट गराएका थिए । पार्टी जिल्ला नेतृत्व तहबाट विस्फोट गराएको भन्दै पीडितले दोषीमाथि कारबाहीको माग गर्दै आएका छन् ।  

घटना भएको झण्डै दुई दशक पुग्न लाग्दासमेत पीडितले अझै पनि राहतको अनुभूति गर्न पाएका छैनन् । त्यही दिनको दुखद घटनाको पीडितले आज पुनः स्मरण गरेका छन् । 

चितवनको बाँदरमुडेमा तत्कालिन विद्रोही माओवादीको गल्तीका कारण भएको त्यो घटनाका पीडित अझै पनि न्यायकै पर्खाइमा छन् । चार वर्षअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यही क्षेत्रबाट निर्वाचित भए । प्रचण्ड सोही क्षेत्रबाट उम्मेदवार भइरहँदा त्याहाँका केही पीडितसँग ३ बुँदे सहमति गरे । 

बाँदरमुडे पीडित संघर्ष समितिका अध्यक्ष मुक्ति न्यौपाने, मैना लामिछाने र विश्वनाथ पौडेलसँग भएको तीन बुँदे सहमति पनि कार्यान्वयनमा आउन सकेन । उनीहरुले घाइतेको औषधि उपचार निःशुल्क हुनुपर्ने, यसअघि भएका सम्झौता कार्यान्वयन हुनुपर्ने बाँदरमुडेका नाममा उठाइएको राहत रकम स्पष्ट गरिनु पर्नेलगायतका माग राखेका थिए ।

फेरि अर्को चुनाव नजिकिएको छ । अब फेरि प्रचण्डले के भनेर भोट माग्ने हो थाहा छैन । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद