चन्द्रागिरीको जंगलमा हराएका विदेशी नागरिकको सकुशल उद्दार


खबरस्टोरी संवाददाता
१२ असार २०७९, आईतवार
चन्द्रागिरीको जंगलमा हराएका विदेशी नागरिकको सकुशल उद्दार
काठमाडौं। चन्द्रागिरीको जंगलमा हराई रहेका तीन जना विदेशी नागरिकको सकुशल उद्दार गरिएको छ।

शनिबार साँझ चन्द्रागिरीको जंगलमा हराई रहेका ३४ वर्षीय अमेरिकी नागरिक डौग्लस रोवे, ३० वर्षीय भारतीय नागरिक नभप्रीत ढिलोन र २९ वर्षीय माधव गुप्‍ताको प्रहरी वृत्त थानकोट उद्दार टोलीले सकुशल उद्दार गरेको हो।

उनीहरुलाई रेस्कोर रोपेलगायतको प्रयोग गरी सुरक्षित साथ उद्धार गरी प्रहरी वृत्त थानकोटमा ल्याई साथीहरुको जिम्मा लगाइएको छ।