Media Network

चार्ल्स शोभराजको बन्दीप्रत्यक्षीकरण मुद्दाकाे सुनुवाइ आज


खबरस्टोरी संवाददाता

८ चैत्र २०७८,मंगलवार

काठमाडौं। ‘बिकिनी किलर’का रूपमा परिचित अपराधी चार्ल्स गुरुमुख शोभराजको बन्दीप्रत्यक्षीकरण मुद्दाकाे आज (मंगलबार) सुनुवाइ हुँदै छ ।  न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाकाे संयुक्त इजलासमा सुनुवाइका लागि मुद्दाको पेसी ताेकिएकाे छ । 

गत ७ पुसमा  शोभराजले अधिवक्ता शकुन्तला थापामार्फत् जेष्ठ नागरिकले पाउनु पर्ने ७५ प्रतिशत कैद छुटको सुविधा दिलाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए। शाेभराज ७७ वर्षीय हुन् । जेलभित्र असल चालचलन भएका ७० वर्ष उमेर पुगेका कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानुनी व्यवस्था छ। उक्त व्यवस्था कैद सजाय भोगिरहेका नेपालीमात्र होइन विदेशी नागरिकको हकमा पनि लागु हुनु पर्ने शोभराजको जिकिर थियो।

सन् १९७५ मा अमेरिकी र क्यानेडियन नागरिकको हत्यामा उनलाई काठमाडौं र भक्तपुर जिल्ला अदालतले दोषी ठहर गरेका थिए।  अमेरिकी नागरिक कोन्नीजो ब्रोन्जिजलाई काठमाडौंको मनहरामा मारेको दुई दिनमै उनले क्यानेडियन नागरिक लरेन्ट अरमान क्यारिअरेलाई भक्तपुरको साँगामा हत्या गरेका थिए।

काठमाडौं जिल्ला अदालतमा चलेको उनको मुद्दा  सर्वोच्च अदालतसम्म पुगेको थियो। जिल्ला अदालतले उनलाई गरको जन्मकैदको फैसला सर्वोच्च अदालतले सदर गरेको थियो। सन् २००३ देखि कारागार कार्यालय जगन्नाथदेवल सुन्धारामा उनले कैद सजाय काटिरहेका छन्। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद