Media Network

चरित्र हत्या गरिएको भन्दै रेखा थापाले दिइन् प्रहरीमा उजुरी


खबरस्टोरी संवाददाता

२० फाल्गुन २०७८,शुक्रबार

काठमाडौँ। नायिका रेखा थापाले युट्युबरविरूद्ध प्रहरीमा उजुरी दिएकी छिन् । उनले आफूसहित ऋचा शर्मा लगायत नायिकाहरुलाई युट्युबमा तथानाम गालीगलौज गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएकि हुन् । 

थापाको तर्फबाट उनकी दिदी तारा रानाले प्रहरीमा उजुरी दिएकी हुन् ।  पल शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी नाबालिक पीडितको पक्षमा बोलेको भन्दै अभिनेत्री थापालाई गालीगालैज गरिएको उजुरीमा उल्लेख छ ।

 नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको पक्षमा तनहुँमा दैनिकजसो प्रदर्शन हुन थालेपछि केहि दिन अघि मात्रै रेखाले बालिकाको संरक्षण गर्नुपर्ने धाराणा सामाजिक सञ्जाल फेसबुकमार्फत् व्यक्त गरेकी थिइन्। 



Share:
Reaction :
ताजा समाचार
खेलकुद