Media Network

चितवनमा बाघको आक्रमणबाट एक जानाको मृत्यु


खबरस्टोरी संवाददाता

१८ बैशाख २०७९,आईतवार

चितवन। बाघको आक्रमणबाट पूर्वी चितवनमा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१३ का ६५ वर्षीय नारायण दाहाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार आज बिहान घर नजिकै रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनको राप्ती घाँसे मैदानमा घाँस काट्न जाने क्रममा दाहाललाई बाघले आक्रमण गरेको थियो ।

दाहाललाई बिहान ८ बजे बाघले आक्रमण गरेको हो । आक्रमणमा परेका दाहालको घटनास्थलभन्दा एक किलोमिटर पर शव भेटिएको कार्यालयले जनाएको छ । शव बिहान १० बजे भेटिएको हो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद