Media Network

डिएसपीको दाइ हुँ भन्नेले पत्रकारलाई कुटे


खबरस्टोरी संवाददाता

२० असार २०७९,सोमबार

काठमाडौँ। नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक रतन खड्काका दाइ भन्ने महेश खड्काले पत्रकारलाई  कुटपिट गरेका छन् ।

सोमबार राति करिब ९ बजे ललितपुरको कुपण्डोलस्थित आर्थिक दैनिकको कार्यालयमा पत्रकार तथा कर्मचारीमाथि कुटपिट भएको हो । मादक पदार्थ सेवन गरेका खड्काले कार्यालयमा तोडफोडको प्रयाससमेत गरेका थिए । घटनालगत्तै त्यहाँका कर्मचारीले प्रहरीलाई खबर गरेका हुन् ।

पक्राउ परेका खड्कालाई प्रहरीले तत्काल छाडेपछि ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघले बताएको छ । ‘कुनै पनि बहानामा यस किसिमले कुटपिट हुनु र कार्यालय तोडफोडको प्रयास हुनु निन्दनीय हुनुका साथै प्रेसविरोधी काम हो’, महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद