डिएसपीको दाइ हुँ भन्नेले पत्रकारलाई कुटे


खबरस्टोरी संवाददाता
२० असार २०७९, सोमबार
डिएसपीको दाइ हुँ भन्नेले पत्रकारलाई  कुटे
काठमाडौँ। नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक रतन खड्काका दाइ भन्ने महेश खड्काले पत्रकारलाई  कुटपिट गरेका छन् ।

सोमबार राति करिब ९ बजे ललितपुरको कुपण्डोलस्थित आर्थिक दैनिकको कार्यालयमा पत्रकार तथा कर्मचारीमाथि कुटपिट भएको हो । मादक पदार्थ सेवन गरेका खड्काले कार्यालयमा तोडफोडको प्रयाससमेत गरेका थिए । घटनालगत्तै त्यहाँका कर्मचारीले प्रहरीलाई खबर गरेका हुन् ।

पक्राउ परेका खड्कालाई प्रहरीले तत्काल छाडेपछि ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघले बताएको छ । ‘कुनै पनि बहानामा यस किसिमले कुटपिट हुनु र कार्यालय तोडफोडको प्रयास हुनु निन्दनीय हुनुका साथै प्रेसविरोधी काम हो’, महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।