डुम्रे–वेशिसहर सडकखण्डमा पहिरो, सडक अवरुद्ध


खबरस्टोरी संवाददाता
२७ जेष्ठ २०७९, शुक्रबार
डुम्रे–वेशिसहर सडकखण्डमा पहिरो, सडक अवरुद्ध
तनहुँ। डुम्रे–बेशिशहर सडकखण्ड अन्तर्गत तनँहुको भानु नगरपालिका–३ कुरकुना र १ रमाईलोडाडाँमा गएराति पहिरोसँगै रुख ढलेका कारण उक्त सडक अवरुद्ध भएको छ । 

मध्यरातीबाट अवरुद्ध सडक जेसीवीको सहयोगमा खुलाउने पहल भइरहेको प्रहरी चौकी तुरतुरे तनँहुले जनाएको छ । पहिरो झर्ने क्रम नरोकिएका कारण सडक सुचारु गर्न अप्ठेरो परेको जनाइएको छ ।