Media Network

ड्राइभिङ लाइसेन्समा वर्ग थप गर्न चाहनेको अनलाइन आवेदन कहिलेबाट खुल्छ ?


खबरस्टोरी संवाददाता

२४ जेष्ठ २०७९,मंगलवार

काठमाडौं । जेठ १६ गते सोमबार साँझ ६ बजेदेखि नयाँ सवारी चालक अनुमतिपत्रको लागि अनलाइन आवेदन खुले पनि पहिले नै एक प्रकारको लाइसेन्स लिइसकेकाहरूका लागि वर्ग थप गर्ने आवेदन भने खुल्न सकेको छैन ।

यातायात व्यवस्था विभागका प्रवक्ता इश्वरिदत्त पनेरुले चर्लाइरहेको सवारी भन्दा अन्य वर्गको सवारीको अनुमति पत्र लिनको लागि आवश्यक तयारी पूरा भइ नसकेको बताए । “यसले गर्दा वर्ग थप गर्न चाहनेहरूका लागि अनलाइन आवेदन खुल्न ढिलासुस्ती भएको हो,” उनले भने । 

यातायात व्यवस्था विभागले यसअघि २२ जेठ देखि वर्ग थपको अनलाइन आवेदन खुल्ने जनाएको थियो । प्राविधिक तयारी नसकिएका कारण आवेदन खुलाउन नसकिएको पनेरुको भनाई छ ।

“पुराना विवरणहरू नयाँ प्रणालीमा स्थानान्तरण गर्ने क्रममा समस्या आइरहेको छ,” उनले टेकपानासँगको कुराकानीमा भने, “जसले गर्दा वर्ग थपको अनलाइन आवेदन भर्न अझै केही समय पर्खनु पर्ने बताए  ।”


Share:
Reaction :
ताजा समाचार
खेलकुद