हिजोको झडपमा चारजना प्रहरी र केही स्थानीयवासी पनि घाइते भएका थिए । फोहोर फाल्न नपाएपछि काठमाडौंमा फोहोर उठ्न बन्द भएको छ ।
फोहोर खसाल्ने क्रममा प्रहरीहरु नै घाइते हुने गरी झडप भएपछि बुधबार गएका गाडी फोहोर नखसाली काठमाडौैं फर्किएका थिए ।
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटा गाडी नै तोडफोड भएकाले सुरक्षाको थप व्यवस्था गरेर मात्रै फोहोर पठाउन छलफल भइरहेको बताउँछन् ।