बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार


खबरस्टोरी संवाददाता
२५ जेष्ठ २०७९, बुधबार
बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार
काठमाडौँ। फोहोरको विषयमा बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको छ। 

बुधबार काठमाडौंबाट फोहोर फाल्न बञ्चरेडाँडामा लग्न दुई सय बढी प्रहरी र ३७ जना सशस्त्र प्रहरीको टोली पनि खटिएका छन्। त्यहाका स्थानीयले फोहोर फाल्न  नदिएपछि प्रहरीले बल प्रयोग गरेको छ। 

अहिले अवस्था जटिल भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए। 

उनका अनुसार स्थानीयले प्रहरीमाथि ढुंगामुढा समेत गरेका छन्। स्थानीयले ढुंगामुढा प्रहार गरेसँगै प्रहरीले पनि बलसंगै दुई सेल अश्रु ग्यास प्रहार गरेको उनले बताए।