Media Network

फेरि बढ्यो पेट्रोल, अब प्रतिलिटर १५० रुपैयाँ


खबरस्टोरी संवाददाता

१९ फाल्गुन २०७८,बिहीबार

काठमाडौ । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर नयाँ मूल्य कायम गरेको हो ।

रुसले युक्रेनमाथि आक्रमण गरे पछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यले नयाँ रेकर्ड बनाएसँगै त्यसको असर नेपालमा पनि परेको हो ।  

इन्डियन आयल कर्पोरेसनबाट मूल्य वृद्धि भएर आएपछि नेपाल आयल निगमले  बिहीबार रातीदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमका अनुसार स्थानीय बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ । यससँगै डिजेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ कायम गरेको छ । 

यस्तै मट्टितेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ र हवाई इन्धनको मूल्य प्रतिलिटर १३६ रुपैयाँ तोकिएको निगमले जनाएको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद