काठमाडौं । रंगहरुको पर्व होली सोमवार काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा मनाइएको छ ।
फागुन शुक्ल पूर्णिमाको दिन मनाइने होली पर्व काठमाडौं उपत्यकामा निकै शान्त बन्यो । सोमवार काठमाडौंको हनुमानढोका दरबार क्षेत्र तथा बसन्तपुरमा लगायतका ठाउँमा म्युजिक सिष्टम बजाएर रमाइलो गर्न नपाएको कारण विगतका वर्षमा भन्दा उपस्थिति कम देखिएको हो । निकै शान्त बनेको यो वर्षको होलीमा उत्श्रृंखल गतिविधि गरेर कोही पनि पक्राउ परेनन् ।
बसन्तपुरमा विभिन्न देशका पर्यटकहरूले स्थानीयसँग मिलेर आपसमा रंग दलेर होली पर्व मनाएका थिए । एकअर्कामा रङ लगाई सद्भाव, सम्मान र मायाका साथ होली खेल्ने परम्परा रहीआएको छ ।
तपाईका जिल्लामा भने भोलिपल्ट होली मनाइन्छ । पहाडी क्षेत्रमा शान्तिपूर्ण रुपमा होली मनाइदा तराईका जिल्लाहरुमा कस्तो रहला प्रतिक्षा गर्नुपर्नेछ ।