Media Network

हुम्ला गोदाममा दश हजार क्वीन्टल खाद्यान्न माग


खबरस्टोरी संवाददाता

२४ जेष्ठ २०७९,मंगलवार

काठमाडौँ । हुम्लामा खाद्यान्न समस्या हुँदा खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड हुुम्ला शाखाका प्रमुख कृष्ण प्रसाद आचार्यले  सिमकोटस्थित गोदामका लागि दश हजार क्वीन्टल खाद्यान्न माग गरेको जनाएका छन्  । 

 शाखाका लागि वर्षेनी ३० हजार क्वीन्टल खाद्यान्न माग लिमिटेडसँग हुने गरेकोमा हवाई तथा पैदल मार्गबाट तेह्र हजार क्वीन्टल खाद्यान्नको ब्यवस्था हुने गरेको थियो । त्यसमा थप कोटाको ब्यवस्था प्रधान कार्यालयबाट हुने बिश्वास ब्यक्त गरे  । थप कोटाको खाद्यन्न ब्यवस्था हुन नसके खाद्यन्न समस्या देखिने उनले बताए  । 

हाल शाखाको गोदाममा छ सय क्वीन्टल भन्दा बढी खाद्यन्न मौज्दात रहेको छ । यसवर्ष जेठासी बाली समेत राम्रो हुन नसकेको अवस्था छ । अघिल्लो वर्ष लिमिटेड केन्द्रले दुुई हजार क्वीन्टल खाद्यन्न थपेको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद