Media Network

हेटौँडामा करेन्ट लागेर एक जनाको मृत्यु


खबरस्टोरी संवाददाता

२७ चैत्र २०७८,आईतवार

हेटौँडा  । मोटरसाइकल धुने क्रममा करेन्ट लागेर हेटौँडामा एक जनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका—१३ का अन्दाजी ३५ वर्षीय  सहदेव गोलेको मोटरसाइकल धुने क्रममा मृत्यु भएको मकवानपुरको जिल्ला प्रहरी कार्यलयका  प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

हेटौँडा—१३ पदमपोखरीस्थित शिवशक्ति वर्कशप चलाउँदै आएका गोलेको बिहान ९.५५ बजे करेन्ट लागेर गम्भीर घाइते भइ उपचार क्रममा मृत्यु भएको हो । मकवानपुर जिल्ला प्रहरीले घटनाको थप अनुसन्धान  भइरहेको जानकारी दिएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद