इन्जिनमा खराबी देखिएपछि समिट एयरको जहाज आकस्मिक अवतरण


खबरस्टोरी संवाददाता
४ बैशाख २०७९, आईतवार
इन्जिनमा खराबी देखिएपछि समिट एयरको जहाज आकस्मिक अवतरण
काठमाडौँ। सोलुखुम्बुको लुक्लाबाट उडेको समिट एयरको जहाजको इन्जिनमा समस्या आएपछि त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा आपलकालिन अवतरण गरिएको छ ।   

कल साइन ९एनएएमपी विमान ११ बजेर ५ मिनेटमा उडेको र उड्ने बित्तिकै बायाँ इन्जिनमा समस्या देखिएपछि पाइलटहरुले एउटा मात्रै इन्जिनका भरमा उडेको १५ मिनेटमै जहाज काठमाडौं फर्किएर सकुशल अवतरण गरेको हो । 

उक्त विमानमा १० विदेशी, ५ नेपाली र ३ चालकदलका सदस्यसहित १८ जना सवार रहेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए। विमान अवतरणका बेला विमानस्थलको इमर्जेन्सी सर्भिस एक्टिभ भएको थियो । 

त्यस्तै जहाजमा सवार सबैजना सकुशल रहेको बताइएको छ ।