कल साइन ९एनएएमपी विमान ११ बजेर ५ मिनेटमा उडेको र उड्ने बित्तिकै बायाँ इन्जिनमा समस्या देखिएपछि पाइलटहरुले एउटा मात्रै इन्जिनका भरमा उडेको १५ मिनेटमै जहाज काठमाडौं फर्किएर सकुशल अवतरण गरेको हो ।
उक्त विमानमा १० विदेशी, ५ नेपाली र ३ चालकदलका सदस्यसहित १८ जना सवार रहेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए। विमान अवतरणका बेला विमानस्थलको इमर्जेन्सी सर्भिस एक्टिभ भएको थियो ।
त्यस्तै जहाजमा सवार सबैजना सकुशल रहेको बताइएको छ ।