कालीमाटीमा भित्रिने तरकारीमध्ये ३५ देखि ४० प्रतिशतसम्म भारतबाटै आयात हुन्छ । एक महिना अवधिमा रातो आलु प्रतिकिलो ३६.१३ बाट बढेर ४४.२५ रुपैयाँ पुगेको छ । प्रतिकेजी ३३.२८ रुपैयाँ पर्ने सुकेको प्याज एक महिनामै बढेर ३९.२२ रुपैयाँ पुगेको छ । समितिका अनुसार १ महिनाअघि किलोको ७५.७९ रुपैयाँ पर्ने गाजर ८९ रुपैयाँ भएको छ । त्यस्तै साे अवधिमा तिते करेला प्रतिकेजी २५. ९६ रुपैयाँबाट बढेर ३२.४३ रुपैयाँ पुगेको छ । प्रतिकेजी ३६.१० रुपैयाँ पर्ने लाैका बढेर ५०.४८ रुपैयाँमा किन्नुपर्ने बाध्यता छ । यी सबै होलसेल मूल्य हुन् । खुद्रामा मूल्य अझ बढी हुन्छ । खुद्रामा पसलैपिच्छे फरक फरक मूल्य छ।
भिन्डीको मूल्य किलोमा १२ रुपैयाँ बढेर ३९.४३ रुपैयाँ, हरियो प्याज ८४.८९ बाट १३७.८६ रुपैयाँ एक महिनाको अवधिमा भएको छ । प्रतिकिलो १७६.६५ रुपैयाँ पर्ने च्याउ (कन्य) २६८.३३ रुपैयाँ, किलोको ११८.७० रुपैयाँ पर्ने ब्रोकाउली १७९.०५ रुपैयाँ पुगेको छ ।