इटहरी बजारमा पसेको चितुवाको सकुशल उद्धार


खबरस्टोरी संवाददाता
३० जेष्ठ २०७९, सोमबार
इटहरी बजारमा पसेको चितुवाको सकुशल उद्धार
काठमाडौँ । इटहरी उपमहानगरपालिकास्थित बजार क्षेत्रको बासिन्दाको घरमा पसेको चितुवाको सकुशल उद्धार गरिएको छ । इटहरीको जुट विकास टोल आसपासमा चितुवा देखिएको थियो ।

चितुवालाई सुरक्षाकर्मी तथा वन्यजन्तु सम्बन्धी प्राविधिकको सहयोगमा नियन्त्रण लिइएको हो ।