Media Network

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


khabarstory

९ भाद्र २०७८,बुधबार

रुपन्देही । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिका-५ नयाँबस्ती बस्ने पाल्पा तानसेन नगरपालिका-७ वतन भएका ३० वर्षीय छविलाल चौहान मगरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

छविलालले ती किशोरीलाई सोमबार बेलुका आफ्नै कोठामा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद