काठमाडौँ। बुटवलमा जंगलबाट ल्याएको च्याउ खाँदा १५ जना बिरामी परेका छन्। बुटवल उपमहानगरपालिका वडा नम्बर ४ लक्ष्मीनगर र वडा नम्बर १२ नयाँगाउँका १५ जना बिरामी भएका हुन्।
बिरामीहरुमध्ये ५ जनाको अवस्था भने गम्भीर रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए।
उनीहरुको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा आइसियूमा उपचार भइरहेको छ।