जंगली च्याउ खाँदा १५ जना बिरामी


खबरस्टोरी संवाददाता
१६ असार २०७९, बिहीबार
जंगली च्याउ खाँदा १५ जना बिरामी
काठमाडौँ।  बुटवलमा जंगलबाट ल्याएको च्याउ खाँदा १५ जना बिरामी परेका छन्। बुटवल उपमहानगरपालिका वडा नम्बर ४ लक्ष्मीनगर र वडा नम्बर १२ नयाँगाउँका १५ जना बिरामी भएका हुन्।

बिरामीहरुमध्ये ५ जनाको अवस्था भने गम्भीर रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए। 

उनीहरुको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा आइसियूमा उपचार भइरहेको छ।