खेतमा भेटिएको शंकास्पद वस्तु पाइप बम हुन सक्ने स्थानीले बताएका छन् । तर, जिल्ला प्रहरी कार्यालय हुम्लाले भने अहिले नै बम हाे भन्न नसकिने , तर शंकास्पद वस्तु रहेको जनाएकाे छ ।
नेपाली सेनाको डिस्पोजल टोली शंकास्पद वस्तु भेटिएको स्थान पुगेको जिल्ला प्रहरी कार्यालय हुम्ला डिएसपी कृष्णाराज ओझाले जानकारी दिए । सशस्त्र माओवादी युद्धको बेला राखिएको पाइप बम हुन सक्ने स्थानीयवासीकाे आशंका छ ।